शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनीमा तीन दिने त्रिपिटक वाचन सुरु

बुधबार, २८ कात्तिक २०७५, १८ : ४३
बुधबार, २८ कात्तिक २०७५

बुटवल– पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि बौद्ध ग्रन्थ त्रिपिटक वाचन सुरु भएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सुरु भएको त्रिपिटक वाचनमा विभिन्न १३ देशका करिब एकहजार बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी भएकोे जनाइएको छ ।  

लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्याउने उद्धेश्यले पहिलोपटक नेपालमा ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक वाचन आयोजना गरीएको हो । त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएकाले नेपालमै पहिलोपटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गरिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम् आयोजक भिक्षु मैत्रीले बताएका छन् ।

कुन–कुन देशका देशका भिक्षु सहभागी छन् ? 

बुद्धको जन्मस्थलमा आउनको लागि निकै पवित्र ठान्ने भिक्षुहरु अहिले यो त्रिपिटक वाचन कार्यक्रमलाई अवसर बनाएर लुम्बिनी आएका छन् । अमेरिकन बुद्धिष्ट एसोसिएसन, अखिल नेपाल भिक्षु महासंघ र थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालसहित भारत, चीन, थाइल्याण्ड, लाहोस, बर्मा, श्रीलंका, जापान, कम्बोडिया, कोरिया लगायत १३ देशका भिक्षु सहभागी भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिए । ती देशबाट ५ सय भिक्षु सहभागी रहेका छन् ।

वाचन सुरु हुनुअघि लुम्बिनीको विश्व शान्ति दीपबाट शान्ति र्याली निकालिएको थियो । र्याली मायादेवी मन्दिर परिसरसम्म पुगेको थियो । धार्मिक वातावरण निर्माण तथा पर्यटन प्रबद्र्धनका लागि त्रिपिटक वाचन गरिएको हो । बुद्ध धर्ममा त्रिपिटक वाचन महत्वपूर्ण मानिन्छ ।

बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया र महापरिनिर्माण गरेको स्थान कुशीनगरमा विगत डेढ दशक अघिदेखिनै त्रिपिटक वाचन हुँदै आएको थियो । अहिले लुम्बिनीमा भएको कार्यक्रमलाई विशेष महत्व दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप