बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्दनगर र गठ्ठाघरबाट २ ट्रक चालक घुस दिँदादिँदै पक्राउ

बुधबार, २८ कात्तिक २०७५, १८ : ५३
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं–  काठमाडौंको बुद्दनगरमा घुस दिँदै गरेका एक सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१० बुद्धनगरचोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिने बा. २ ख. ८१२९ नम्बरको मिनिट्रकका चालक जित बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  

चालकले मिनिट्रकको कागजपत्र नभएको भनि प्रहरीलाई नगद  १ हजार रूपैयाँ घुस दिएकोले तामाङलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

त्यसैगरी मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिने ना. ५ ख. ७१८१ नम्बरको ट्रक चालक मुरतुजमिया चुरियारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

रूट प्रमिट कागजको भित्र नगद २ सय रूपैयाँ राखी प्रहरीलाई घुस दिएकोले निज चुरियारलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  दुवै चालक र सवारी साधन नियन्त्रणमा लिई सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप