शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा चोरीको मोटरसाईकलसहित ६ जना पक्राउ

बुधबार, २८ कात्तिक २०७५, १९ : ०८
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं । प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मधुसुदन केसी, सृजन थापा, उमेश तामाङ, रोशन लामिछाने,  सुमन थापा र रन्जित घिमिरे रहेका छन् । 

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले केसी र थापालाई काठमाडौं महानगरपालिका–१५ यातायात कार्यालय नजिक ठाडो भर्‍याङबाट चोरीको मोटरसाईकल बा९८प ७७९९ नम्बरको २२० सिसि रातो पल्सरसहित पक्राउ गरेको हो । 

२५ वर्षीय केसी सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाऊँपालिका–१ घर भई काठमाडौं नागार्जुन नगरपालिका तिनधारा बस्दै आएका थिए भने २१ वर्षीय थापा कास्की भरतपोखरी–१ का हुन् । 

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पाँचधाराबाट बा७४प २८२४ नम्बरको २२० सिसि निलो पल्सरसहित तामाङ र लामिछानेलाई नियन्त्रणमा लिएको हो । 

२१ वर्षीय तामाङ उदयपुर ईनामेल–९  घर भई काठमाडौं नागार्जुन नगरपालिका बुद्धचोक बस्दै आएका थिए भने २१ वर्षीय लामिछाने दोलाखा सुस्पाक्ष्यमावती–६ घर भई  काठमाडौं नागार्जुन नगरपालिका–२ बस्दै आएका थिए । 

यसैगरी महानगरीय ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गबाट खटिएको प्रसनि बिजय चापागाँईको टोलीले थापा र घिमिरेलाई बा५३प ८२०७ नम्बरको २२०सिसि पल्सर र बा३६प १६२१ नम्बरको हिरोहोण्डा मोटरसाईकल चोरी गरी लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

चोरी गरी ल्याउँदै छन् भन्ने विशेष सूचनाको आधारमा खटिएको टोलीले केशरमहलमा चेकजाँचको क्रममा थापा र घिमिरेलाई पक्राउ गरिएको प्रभागमा प्रमुख (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए । बा५३प ८२०७ नम्बरको मोटरसाइकल धनि रुपेष कडेँल रहेको उनले बताए । 

सबै जनालाई मोटरसाईकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप