बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुएलेन भईन् नवौं चाईल्ड आईकन

बुधबार, २८ कात्तिक २०७५, १९ : ०९
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं– नवौं चाइल्ड आइकनको उपाधि युरो स्कुलमा अध्ययनरत सुएलेन फगामी पुनले जितेकी छिन् ।  मिडिया ल्याण्डको आयोजनामा मंगलबार बेलुका काठमाडौंको जमलस्थित राष्ट्रिय आयोजना सम्पन्न नवौं चाइल्ड आइकनको उपाधिसँगै उनले १ लाख रुपैयाँ र ५ दिनका लागि सिक्किम, दार्जिलिङ भ्रमणको अबसर  पनि जितेकी छिन् । 

सो प्रतियोगितामा सिनियरतर्फ राजश्री गुरुकुलका साइन अमगाइ फस्र्ट रनर अप भए । सिनियर तर्फनै सेकेन्ड रनर अपको उपाधि युरो स्कुलकी आयुस खनालले हासिल गरिन् ।  सोही प्रतियोगितामा जुिनयतर्फ यूरो स्कुलका अर्का विद्यार्थी आर्जन गेलाल फस्ट रनर अप भए । यस्तै सेकेन्ड रनरअपमा यूरो स्कुलकै आयुशीश्री घिमिरेले जितेकि छिन् । फस्ट रनर अप र सेकेन्ड रनरअपका विजेताहरुले विभिन्न उपहारसहित लुम्बिनी र पोखरा भ्रमणको अवसर जितेका छन् । 

विगत १० बर्षदेखि आयोजना हुँदै आएको चाइल्ड आइकनको यो नवौं संस्करण हो । यो प्रतियोगितामा सिनियर र जुनियरसहित ८२ जना प्रतियोगी थिए ।  प्रतियोगिताको निर्णायकमा ओलम्पियन तथा तेक्वान्दो खेलाडी दिपक विष्ट, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक सुरेश गैरे, कलाकार गजित विष्ट, संयोग कोइराला, जयन सुब्बा मानन्धर, रोजिन शाक्य, मोडल रजनी थापा, व्युटिसिएन सिता पाठक, शोभा महर्जन रहेका थिए ।

बालबालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले चाइल्ड आईकन प्रतियोगिता आयोजना गर्दै आएको मिडिया ल्याण्डकी प्रबन्ध निर्देशक प्रतिमा श्रेष्ठले बताईन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप