शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेह दिवस : नियमित व्यायाम गर्न सुझाव

बुधबार, २८ कात्तिक २०७५, २० : ५३
बुधबार, २८ कात्तिक २०७५

भादगाउँ । विश्व मधुमेह दिवसका अवसरमा आज भक्तपुरमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए टु एमडी ३२५ को आयोजनामा जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । 

लायन्स क्लब सेवा समन्वय समिति भक्तपुरको समन्वयमा आयोजित सो ¥यालीसँगै मधुमेहसम्बन्धी अन्तक्र्रिया र निःशुल्क मधुमेह परीक्षणसमेत गरिएको थियो । 

¥यालीको समापनपछि आयोजित अन्तक्र्रियामा डा. अंशुमाली जोशीले मधुमेहबाट बच्न र बचाउन दैनिक खानपानमा ध्यान दिन, नियमित ब्यायाम गर्न, तनावमुक्त जीवनशैली अपनाउन सुझाव दिए । 

कार्बोहाइडेटको मात्रा बढी भएको खाना, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना हुने जनाउँदै उनले मधुमेहका बिरामीले हेलचेक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षाघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने भएकाले सचेत रहन आग्रह गरे । 

अल्का अस्पताल, डा इवामुरा अस्पताल, भक्तपुर हार्ट एण्ड डायविटिज सेन्टरको सहकार्यमा टौमढी, दरबार स्क्वायर र दत्तात्रयमा निःशुल्क मधुमेह शिविर सञ्चालन भएको थियो । 

मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाउन थालिएको हो । 

विश्वभर ३५ करोडभन्दा बढी जनसङ्ख्या मधुमेहको खतरामा रहेको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडा छ । नेपालमा भने करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप