बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको सङ्कल्पमा जनताको सहयोग आवश्यक

बुधबार, २८ कात्तिक २०७५, २० : ५५
बुधबार, २८ कात्तिक २०७५

विराटनगर । प्रदेश नं १ का कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश समृद्ध बनाउने प्रदेश सरकारको सङ्कल्पमा आम जनताको सहयोग अपेक्षा गरेका छन् । 

प्रदेश नं १ को सरकारका तर्फबाट राष्ट्रिय चाडपर्वको सन्दर्भमा स्थानीय आदर्श उच्च माविमा आज आयोजित विशेष सांस्कृतिक महोत्सवमा उनले चाडपर्वले राष्ट्रिय एकतालाई खदिलो र बलियो बनाउन मद्दत गरेको बताए । 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले विविधताबीचको एकता हाम्रो पहिचान भएको बताउँदै सरकारले सबै जातजातिका धर्म, संस्कृतिलाई संरक्षण गर्ने स्पष्ट पारे । 

प्रदेश नं १ का प्रमुख प्रा. डा. गोबिन्दबहादुर तुम्वाहाङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका उच्चअधिकारीको उपस्थिति थियो ।

सो अवसरमा थारु, बाँतर, मुस्लिम समुदाय, धिमाल, मगर, राई, राजवंशी र उराव जातिका झाँकी प्रदर्शन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप