मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्द केसी ११ औं पटक अनसनको तयारीमा

सोमबार, ०९ साउन २०७४, १२ : ०४
सोमबार, ०९ साउन २०७४

काठामाडौं– सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै प्राध्यापक डा गोबिन्द केसी आजबाट ११ औं पटक अनसन बस्ने भएका छन् । चिकित्सा शिक्षा सुधारको मागमा सरकारले गरेका सहमति पालना नगरेको भन्दै केसी आजबाट पुन अनसनमा बस्न लागेको बताए । केसीले सरकारलाई माग पुरा गर्न असार ३१ गतेसम्मको अल्टिमेटम दिएका थिए । सो समयसीमामा सरकारले पुर्ब प्रतिबद्धता कार्यान्वयन नगरेकाले सोमबार अपरान्ह ४ बजेबाट अनसन सुरु गर्न लागेको केसीले बताए  । 
सरकारले प्रतिबद्धता जनाएपनि माथेमा प्रतिबेदन कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा अध्ययन संस्था आईओएममा डिनको सिफारिसमा सहायक डिन र क्याम्पस प्रमुख नियुक्ति नगरेको तथा सरकार र अदालतको आदेश नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने उनको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप