शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँले पनि प्रहरीको शंकाको घेरामा, चारजनाको डिएनए रिपोर्ट आयो

बिहीबार, २९ कात्तिक २०७५, ०६ : ३१
बिहीबार, २९ कात्तिक २०७५

कञ्चनपुर — निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । 

न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो । 

उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।  

त्यस्तै प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ । 

केन्द्रीय प्रविधिविज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौं रहेका कञ्चनपुर प्रहरीले अधिकृतलाई बुधबार रिपोर्टे दिएको छ ।

सरकारी वकिलको सल्लाहमा खोल्छौँ, कञ्चनपुुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप