बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काबूलमा कार बम बिस्फोटः २४ को मृत्यु, ४२ घाइते

सोमबार, ०९ साउन २०७४, १२ : २३
सोमबार, ०९ साउन २०७४

अफगानिस्तानको राजधानी काबूलमा एक आत्मघाती कार बम बिस्फोटमा कम्तीमा २४ को मृत्यु भएको छ ।

अफगानका गृह मन्त्रालयका प्रवक्ता नजिब ड्यानिशले घटनामा ४२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

हमला काबूलको पश्चिममा मोहम्मद मोहाकिकको घर नजिकै भएको बताइएको छ । मोहम्मद मोहकिक अफगानिस्तानका एक राजनीतिज्ञ हुन् जो अफगान संसदको सदस्यको रुपमा कार्यरत छन् । उनी अफगानिस्तानको पिपल्स इस्लामिक यूनिटी पार्टीका संस्थापक हुन् ।

पुलिसका अनुसार आत्मघाती हमलाकताएले काबुलको पश्चिम भागमा कार बम बिस्फोट भएको बताएको छ । कसलाई निशानामा पार्न खोजिएको त्यो भने स्पष्ट नभएको पुलिसले बताएको छ ।

घटनास्थलको वरिपरिको क्षेत्रमा शिया हजारा समूदायका मानिसहरुको बाहुल्यता छ । स्मरण रहोस्, करिब एक वर्ष पहिले पनि यो क्षेत्रमा भएको बिस्फोटमा यो समूदायका दर्जनौं मारिएका थिए । काबुलको मध्य भागमा भएको उक्त हमलाको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप