अमेरिकामा पनि मनाए नेपालीले छठ पर्व
अमेरिका–अमेरिकाका केही राज्य तथा शहरहरुमा मात्रै मनाईदै आएको छठ पर्व यो बर्षदेखि व्यापक बनाउदै अन्य शहरहरुमा पनि मनाईएको छ । छठ पर्व मनाउने क्रममा अमेरिकाको डिसी महानगर क्षेत्रको भजिर्नियाको प्रख्यात शहर स्टरलिङ्गस्थित पोटोम्याक नदी किनारमा अमेरिकामा बस्ने तराई मधेसका नेपाली समुदायले उत्साहजनक रुपमा छठ पर्व मनाएका छन् ।
गत नोभेम्बर १२ तारिख साँझबाट मनाउन थालिएको छठ नोभेम्बर १४ तारिखको बिहान सकिएको छ ।
डिसी क्षेत्रमा बसोबास गर्ने र छठ पर्व मनाउनेहरुले पोटोम्याक नदी किनारलाई छठमय बनाएका थिए । डिसी क्षेत्रमा छठ पर्व मनाउन व्यवस्थापन गर्दै आएका एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिकाका(एन्टा)का अध्यक्ष विजय कुमार सिंहले यो व्रत बस्दा श्रद्धा, निष्ठा, विश्वास र आस्थापूर्वक बसिने बताए ।
हरेक बर्ष छठको प्रचारप्रसार बढ्दै गएको र अमेरिकामा नेपालीहरु आउने क्रम पनि बढेकाले अमेरिकामा छठ मनाउनेहरुको सङ्ख्या बृद्धि भएको सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै