शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यो दुर्लभ गुलाबी हिराको मूल्य थाहा पाउँदा चकित हुनुहुनेछ तपाईं

बिहीबार, २९ कात्तिक २०७५, १० : ५३
बिहीबार, २९ कात्तिक २०७५

बीबीसी

कुनै हिराको मूल्य कति हुनसक्छ ?

एक दुर्लभ गुलाबी हिरालाई ५० मिलियन डलर अर्थात् (पाँच अर्ब ७६ करोड रुपैयाँ) मा खरिद गरिएको छ । प्रति क्यारेट मूल्यको हिसाबले यो एउटा विश्व रेकर्ड हो ।

‘पिंक लेगेसी’ नामको यो हिराको तौल १९ क्यारेट छ । यसलाई अमेरिकी ब्रान्ड ह्यारी विन्स्टनले जेनेभामा भएको एक लिलामीमा खरिद गरेको हो ।

क्रिस्टिज अक्शन हाउसको युरोपका प्रमुख भन्छन्, ‘हिराको प्रति क्यारेट मूल्यको हिसाबले यसले विश्व रेकर्ड स्थापित गरेको छ ।’

हिराको लिलामी सुरु भएको पाँच मिनेटभित्र नै यसलाई खरिद गरिएको थियो ।

नयाँ मालिकले यसलाई ‘विन्स्टन पिंक लेगेसी’ नाम दिएका छन् ।

सबैभन्दा शानदार हिरामध्येको एकः

यो हिरा डि बियर्स उत्खनन कम्पनी चलाउने ओपेहाइमर परिवारको सम्पत्ति थियो । क्रिस्टिज अक्शन हाउसका इन्टरनेशनल हेड अफ जूलरी राहुल कडाकिया भन्छन्, ‘यसलाई संसारको सबैभन्दा शानदार हिरामा गनिन्छ ।’

उनले भने, ‘यसको गुलाबी रङ एक क्यारेट हिरामा पनि निकै सजिलै देख्न सकिन्छ । तर यो हिरा लगभग १९ क्यारेटको छ र पूर्ण रुपमा गुलाबी छ । यो अविश्वनीय छ ।’

यसलाई रंगको गाढापनको सबैभन्दा उच्च श्रेणी ‘फेन्सी विविड’ मा राखिएको छ ।

यो हिरा दक्षिण अफ्रिकामा सय वर्ष अघि भेटिएको थियो । क्रिस्टि अक्सन हाउसका अनुसार सन् १९२० पछि सम्भवतः यसलाई दोस्रोपटक काटिएन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप