जसलाई बुहारी बनाउन चाहन्थे अमिताभ
एजेन्सी– बलिउड महानायक अमिताभ बच्चनको जीवनका हरेक कुराहरु उनका फ्यानका लागि सधैँ चासोको विषय हुने गर्छ । त्यसैकारण कहिले परिवार, कहिले घर त कहिले फिल्मका कारण उनी सामाजिक सञ्जालमा समय समयमा चर्चामा पनि आइरहन्छन् ।
भनिन्छ अमिताभ बच्चन आफ्नो एक मात्र छोरा अभिषेकको लागि आफैँले बुहारी खोज्न चाहान्थे । यता अभिषेक भने करीश्मा कपूरसँग प्रेम सम्बन्धमा थिए । तर यी दुई बीचको प्रेम सम्बन्धले विवाहको रुप पाउन सकेन । र सम्बन्धमा पूर्णविराम लाग्यो ।
अभिषेकको उनकी प्रेमिकासँग ‘ब्र्रेकअप’ भइसकेपछि अमिताभ सुशिल र असल बुहारीको खोजीमा लागे । उनले आफूसँगै धेरै फिल्ममा सँगै काम गरेकी रानीलाई बुहारी बनाउने प्रस्ताव राखे तर उनकी श्रीमती जयाले रानीलाई स्वीकारिनन् ।
यही कारणले अमिताभ र जयाबीच केही समय मनमुटाव भएको पनि भारतीय सञ्चार माध्यमले बताएका थिए । जयाले रानीको उचाई थोरै भएकोले अभिषेकसँग जोडी नसुहाउने भएकाले रानीलाई बुहारी बनाउन इन्कार गरेको बताइन्छ ।
अन्त्यमा अभिषेकले ऐश्वर्यालाई मन पराउन थाले र २००७ मा विवाह पनि गरे । उनीहरुको एक छोरी पनि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)