आइफोन एक्स अपग्रेड गर्ने बेला बिस्फोट, एप्पलले सुरु गर्यो अनुसन्धान
अमेरिकाको वासिङ्टनमा एक प्रयोगकर्ताको आइफोन एक्स iOS 12.1 अपडेट गर्ने बेला बिस्फोट भएको छ । आइफोन एक्स प्रयोगकर्ता राहित मोहम्मदले यसको फोटो ट्वीटर अकाउन्टमा पनि पोष्ट गरेका छन् । उनका अनुसार आफ्नो १० महिना पुरानो फोन अपडेट गर्नेबेला फोन बिस्फोट भयो ।
राहिलले यसबारे एप्पललाई पनि जानकारी दिएका छन् । कम्पनीले यसबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
@Apple iPhone X just got hot and exploded in the process of upgrading to 12.1 IOS. What’s going on here??? pic.twitter.com/OhljIICJan
— Rocky Mohamadali (@rocky_mohamad) November 14, 2018
सुरुमा फोन तात्यो त्यसपछि बिस्फोट भयोः
राहिल मोहम्मदका अनुसार उनी आफ्नो फोनमा सफ्टवेयर अपडेट गरिरहेका थिए र अपडेट प्रोसेसिङका बेला उनी कम्पनीको लाइटनिङ केवल र वाल एडप्टरबाट आइफोन चार्ज गरिरहेका थिए ।
उनले भने, ‘यत्तिकैमा आइफोन तातो भयो र त्यसबाट धुँवा निस्कियो । त्यसपछि मैले आइफोनलाई चार्जरबाट निकालेँ । त्यसलगत्तै फोन बिस्फोट भयो ।’
यसको समर्थनमा एप्पलले ट्वीट गर्यो, ‘यो हामीले कहिले पनि सोचेका थिएनौं । हामीलाई डाइरेक्ट मेसेज गर्नुहोस् ता कि यसबारे अनुसन्धान गर्न सकौं ।’
यसबारे अनुसन्धान गरेपछि मात्र निर्णय लिइने एप्पलले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)