बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अत्तरियामा यामाहाको नयाँ शोरुम, थ्री एसको सुविधा

बिहीबार, २९ कात्तिक २०७५, १२ : ०५
बिहीबार, २९ कात्तिक २०७५

कैलाली । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबारबाट कैलालीको अत्तरियामा नयाँ डिलर सुरु गरेको छ ।

एमएडब्लुले शुभकोटी मोटर्स प्रालिमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यहाँ आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत् गरी नयाँ डिलरसिप सुरु गरिएको हो । 

नयाँ शोरुमको उद्घाटन एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले गरे । शुभकोटी मोटर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा मिल्नेछ ।

पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गौरवको कुरा भएको शुभकोटी मोटर्सका प्रबन्ध निर्देशक समुन्द्र भण्डारीले बताए । उनले यामाहा ब्रान्डका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनुनपर्ने बताए । 

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर२५ले पनि राइडरहरुलाई आकर्षित गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप