बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिका– रणबीरको गोप्य विवाहका लागि तगडा थियो सुरक्षा, तरपनि छाताले लुकाउनु पर्यो अनुहार

बिहीबार, २९ कात्तिक २०७५, १२ : १७
बिहीबार, २९ कात्तिक २०७५

दीपिका पादुकोण र रणवीर सिंह विवाह बन्धनमा बाँधिएका छन् । दुबैको बुधबार कोंकणी परम्परा अनुसार विवाह भयो । यस्तै, आज दुबैको  सिन्धी परम्परा अनुसार दोस्रोपटक विवाह गर्नेछन् । दीपिका र रणबीरले आफ्नो विवाहको फोटो एवं भिडियो लिक नहोस् भन्नका लागि कडा व्यवस्था गरेका थिए । यति हुँदा हुँदै पनि यी दुईले मिडियाका नजरबाट बच्नका लागि छाताको सहारा लिनुपर्यो ।

मोबाइल फोन निषेधः

दीपिका र रणबीरले पहिले नै आफ्नो विवाहको फोटो लिक हुन नदिने बताएका थिए । दुबैले विवाह स्थलको सुरक्षाका लागि १ करोड भारु खर्च गरेका छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने विवाह स्थल भिला बालबियानेलो वरिपरि मोटर बोट्समा क्यामरा लगाका सुरक्षाकर्मी तैनाथ गरिएका छन् । यस्तो प्रबन्ध मिलाउँदा पनि विवाहको फोटो, भिडियो लिक भइरहेका छन् । यद्यपी, अहिलेसम्म स्पष्ट र हाई क्वालिटीका तस्बिर आइसकेका छैनन् । एक रिपोर्ट अनुसार बिहिबार दोस्रो विवाह गरेको बेलुका यी दुईले आफ्नो फोटो सार्वजनिक गर्नेछन् ।

छाता पछाडि लुक्नु पर्योः

यी दुईको एउटा भिडियो सार्वजनिक भएको छ जसमा दुबैले मिडियाबाट बच्नका लागि छाता पछाडि लुकिरहेको देख्न सकिन्छ । यतिमात्र होइन, त्यहाँ उपस्थित पाहुनाले पनि उनीहरुलाई छाता पछाडि लुकाउन कोसिस गरिरहेका छन् । विवाहलाई गोप्य बनाउने उद्देश्यसहित पाहुनालाई पनि मोबाइल प्रयोग नगर्न अपिल गरिएको थियो । पाहुनाको मोबाइल क्यामरामा स्टिकर लगाइएको खबर पनि सार्वजनिक भइरहेका छन् । सार्वजनिक भएको भिडियोमा दीपिका रातो र सुनौलो रङको साडीमा छिन् भने रणबीर सेतो र सुनौलो रङको ट्रेडिशनल आउटफिटमा देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप