शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्समा खुल्यो संसारको पहिलो अन्डरवाटर होटल, चार रातको भाडा दुई करोड ३० लाख

बिहीबार, २९ कात्तिक २०७५, १३ : १७
बिहीबार, २९ कात्तिक २०७५

संसारको पहिलो अन्डरवाटर होटल माल्दिभ्समा खुलेको छ । यहाँ बस्न चार रातको प्याकेज दुई लाख डलर अर्थात् दुई करोड ३० लाख रुपैयाँ पर्ने बताइएको छ ।

यद्यपी, यहाँ एक रात बस्ने सुविधा नदिई पूरा प्याकेज लिन आवश्यक छ । समुन्द्रभित्र यो होटललाई मारदिभ्स रंगाली आइसल्याण्ड एण्ड रिसोर्टले बनाएको छ ।

दुई तल्ले होटलको माथिल्लो तल्ला पानी बाहिर छः

अण्डरवाटर होटलको बेडरुमको भित्ता सिसाले बनेको छ । जहाँबाट समुन्द्रको दृश्य देख्न सकिन्छ । समुन्द्रको १६ फिट गहिराइमा बनेको यो होटलमा प्राइभेट जिम, सेफ, बार र पूलजस्ता विलासी सुविधा उपलब्ध छन् । मुराकमा बस्नेहरुका लागि ९० मिनेटको मसाज र स्पिड बोटको सुविधा पनि रहेको छ ।

दुई तल्ले यो होटलको नाम ‘मुराका’ राखिएको छ । स्थानीय भाषामा यसको अर्थ हो समुन्द्री मुगा । मुराकाको माथिल्लो तल्लो पानी बाहिर बनेको छ जहाँको रिल्याक्सेशन डेकमा पाहुनाले मज्जाले घाम ताप्न सक्छन्  ।

मुराकालाई बनाउँदा वातावरणको पूरा ख्याल राखिएको छ । यसमा स्टिल, ग्लास, एक्रेलिक र कंक्रिटको प्रयोग गरिएको छ । सिंगापुरमा यसलाई तयार गरेर विशेष जहाजबाट माल्दिभ्स ल्याएर समुन्द्रभित्र सेट गरियो । तीब्र छालबाट बचाउनका लागि यसलाई बलियो खम्बाले बाँधिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप