शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा बन्दै छ ‘जिस्म २’

बिहीबार, २९ कात्तिक २०७५, १३ : १९
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं – अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने भएको छ ।

 ‘जिस्म २’ दिएको सिक्वेलमा अर्चना भने अभिनेत्रीको रुपमा रहने छैनन् । 

‘जिस्म २’को अहिले पोखरमा छायांकन भइरहेको छ । राजु गिरीको निर्माण गरेको चलचित्र सुचिन्द्र परियारले निर्देशन गरिरहेका छन् । यस अगाडिको सिक्वेलको निर्देशन भने राजु गिरीले गरेका थिए । 

सुरज कुँवरको छायांकन रहेको चलचित्रमा रमेश विश्वकर्मा र रेजिना भण्डारी मुख्य भूमिका छन् । यी दुबैले यस चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । 

चलचित्रमा अनिल राइको नृत्य, योगेश काजीको संगीत रहेको छ । चलचित्रमा भरपुर ग्ल्यामर दृश्य रहने निर्माता गिरीले बताए । चलचित्र आगामी नयाँ वर्षमा प्रदर्शनमा आउनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप