शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिललको कार्यक्रममा कृष्णाको टिप्पणी, पुनः हुनसक्छ ठूलै विवाद

सोमबार, ०९ साउन २०७४, १२ : ४४
सोमबार, ०९ साउन २०७४

भारतीय हास्यकलाकार कपिल शर्मा र कृष्णा अभिषेकबिचको दुश्मनी जगजाहिर छ । दुबैले धेरैजसो एक–अर्काविरुद्ध बयानबाजी पनि दिने गर्दछन् ।

केही समय अघि कृष्णा अभिषेक एक नयाँ कार्यक्रमसहित आएका थिए । उक्त कार्यक्रमको लञ्चिङको क्रममा कृष्णाले उनको र कपिलको कुनै पनि तुलना गर्न नसकिने बताएका थिए ।

केही समय अघि हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा कृष्णाले आफ्नो र कपिलको सम्बन्धबारे खुलाएका थिए । उनले भने, ‘मानिसहरु अब सेलिब्रिटीको अन्तर्वा्तामा हेरेर बोर भइसकेका छन् । यदि कसैलाई सेलिब्रिटीको अन्तर्वार्ता हेर्नुछ भने उनीहरु ‘कफी विद करण’ हेर्नेछन् । कलाकारलाई एकैप्रकारको प्रश्न सोधिन्छ । त्यसकारण हामी केही भिन्न हुनुपर्छ । त्यसकारण हामीले टेलिभिजनमा नै थिएटर ल्याउने बारे सोच्यौं ।’

उनको यो भनाईले कपिलको कार्यक्रमलाई इशारा गरिरहेको स्पष्ट छ । कपिलले नै आफ्नो कार्यक्रममा कलाकारको अन्तर्वार्ता लिने गर्दछन् ।

आफूले सफलताका लागि कपिलको नक्कल गर्ने कुराको पनि कृष्णाले खण्डन गरे । कृष्णाले भने, ‘मैले कपिलसँग आफूलाई तुलना कहिले पनि गरिनँ । हाम्रो शैली निकै भिन्न छ । कपिलले एक लाइनमात्र बोल्ने गर्दछन् । म आफ्नो प्रस्तुती दिन्छु । के उनी आफ्नो कार्यक्रममा एक घण्टाको प्रस्तुती दिन सक्छन् ?’

‘म एक घण्टासम्म आफ्नो प्रस्तुती दिन्छु । हामीबिच यही भिन्नता छ । मानिसहरुले हामीबिच समस्या छ भनेर सोच्छन् तर यस्तो केही पनि छैन । म कहिले पनि स्ट्यान्ड अप कमेडियन बन्न चाहँदैनथें । तर मैले यति धेरै कमेडी गरिसकेकी छु कि म आफैं स्ट्यान्डअप कमेडियनको जोनमा पुगिसकेको छु,’ उनले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप