शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिजीको चुनावमा सत्तारुढ दललाई बहुमत

बिहीबार, २९ कात्तिक २०७५, १४ : ०१
बिहीबार, २९ कात्तिक २०७५

सुभा– फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजयी हासिल गरेको देखिएको छ । सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय फ्रान्कले त्यसयता भएका चुनावमा लगातार विजय हासिल गरेका छन् । 

सन् १९८७ देखि २००६ सम्म चारवटा सरकार गठन भएका र मुलुकमा अस्थिरता बढेपछि पूर्व सैनिक फ्रान्क बैनीमारामाले रक्तपातविहीन ढङ्गबाट सत्ता हत्याएका थिए । 

दुई तिहाई मतगणना सकिँदा बैनिमारामाको फिजीफस्र्ट पार्टीले झण्डै ५२ प्रतिशत मत प्राप्त गरेको छ । विपक्षी दल सोडेल्पा पार्टीले ३८ प्रतिशत मत प्राप्त गरेको छ भने एउटा सानो दल नेसनल फेडेरेसन पार्टीले करिब ८ प्रतिशत मत प्राप्त गरेको छ । 

फिजीको संसद ५१ सदस्यीय रहेको छ ।  तर फिजीका स–साना टापुहरुबाट मतगणनाका परिणाम प्राप्त गर्न केही दिन लाग्ने भएकाले मतगणनाको अन्तिम नतिजा प्राप्त गर्न केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन अधिकारीहरुका अनुसार केही जिल्लामा ५३ प्रतिशत मात्र मतदान भएको छ । फिजीका केही भागमा मुसलधारे वर्षा भएकाले मतदानमा असर पुगेको थियो । 

बैनिमारामाको नेतृत्वमा रहेको फिजीको अर्थतन्त्रको मुख्य आयस्रोत पर्यटन हो । यहाँको जनसंख्या करिब ९ लाख २० हजार मात्र छ ।  उनले फिजीको वैदेशिक नीतिमा परिवर्तन गरी अस्ट्रेलिया र न्यूजील्यान्डमाथिको निर्भरता तोडेका छन् । पछिल्ला वर्षमा फिजीमा चीनको लगानी बढेको छ । 

दक्षिण प्रशान्त महासागरीय क्षेत्रका देशहरुमध्ये फिजी सबैभन्दा बढी जनसंख्या भएको र आर्थिक रुपमा शक्तिशाली छ । व्यवसाय र कुटनीतिक दृष्टिबाट फिजीले क्षेत्रीय महत्व हासिल गर्न थालेको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप