शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइएटा सम्मेलनमा कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत बकर

बिहीबार, २९ कात्तिक २०७५, १५ : ४७
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं । आइएटा सम्मेलनमा कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले सहभागिता जनाएका छन् । बकरले आज म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघ (आइएटा) को विङ्स अफ चेन्ज सम्मेलनमा युरोपमा उड्डयन उद्योगले सामना गरिरहेको चुनौतीहरुका बारेमा बोले । 

अल बकरले भने, “उड्ययन उद्योगले हालै युरोपेली युनियनको भौगोलिक क्षेत्रभन्दा बाहिरको एसिया–पेसिफिक र मध्य पूर्वी एसिया क्षेत्रसम्म वृद्धि गरिसकेको छ र युरोपेली आयोग एसियन, कतार, टर्की, अजरबेजान, अर्मेनिया र ट्युनिसियासँग व्यापक हवाई ट्राफिक सम्झौता पूरा गर्न सक्रिय रहेको छ ।

मेरो विचारमा, युरोपेली युनियनका हवाई वाहकहरुले प्रगतिशील उड्ययन बजारले प्रदान गरिरहेको विकास अवसरहरुको लाभ उठाउनु जरुरी छ । ”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप