बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकीले जिक्सर एसपी एबीएस बाइक, के-के छन् विशेषता ?

बिहीबार, २९ कात्तिक २०७५, १५ : ५२
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं । नेपालको लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारिक वितरक भिजि अटोमोबाइल्सले आफ्नो नयाँ बाइक जिक्सर एसपी एबीएसलाई नेपाली बजारमा सार्वजनीक गरेकाे छ ।  

युवाको रोजाईमा रहेको सुजुकीको जिक्सर बाइक नेपालमा अध्याधिक बिक्री हुने बाइकमा पर्दछ । साथै कम्पनीले यसमा अझै थप सुरक्षाको प्रविधी एबीएस थप गरी नेपाली बजारमा भित्राएको जनाएको छ ।

पुरानो जीक्सरको तुलनामा यसको लुक्समा कुनै परिवर्तन गरिएको छैन । कम्पनीले जीक्सरलाई  नयाँ थप कलर भेरिएन्टमा भने सार्वजनीक गरेको छ । नयाँ एसपी एडिसनमा व्ल्याक गोल्ड डिजाईनको साथमा आएको नयाँ जीक्सर एसपी एबीएसमा नयाँ डबल डिस्क ब्रेक दिईएको छ  । 

सिंगल च्यानल एबीएसमा भेरिएन्टको मुल्य नेपाली रुपैया २ लाख ९९ हजार ९०० रुपैया रहेको छ । १५४.९ सीसी सिंगल सिलिण्डर इन्जिनमा उपलब्ध रहेको छ, जस्ले १४.८ पिएस पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ५  स्पिड म्यानुयल गेरबक्स दिइएको छ । 

यो नयाँ बाइक सुजुकीको देशभरमा रहेको सबै ७८ वटा शोरुमहरुमा  कार्तिक १८ गते देखि उपलब्ध गराइएको छ । यसका साथै कम्पनीले सुजुकी दुई पांग्रे सवारी साधनमा ५ वर्षको वारेन्टी पनि प्रदान गरेकोछ । यसै गरि सबै सुजुकी शोरुमहरुमा एक्सचेन्ज र फाईनान्सको सुविधा उपलब्ध गरिएकोछ । साथै नेपालभरीबाट स्सपेर पार्टस् र सर्भिस पनि उपलब्ध गराउँदै अहाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप