शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंको फोहर व्यवस्थापन : ल्याण्डफिल निर्माणको काम अघि बढ्यो

बिहीबार, २९ कात्तिक २०७५, १६ : २९
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौँ– दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो । 

अहिले केन्द्र सरकारले निर्माण गर्न लागिएको दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान सिसडोलबाट दुई किलोमिटर पर बञ्चरेडाँडामा रहेको छ । उक्त केन्द्र निर्माणका लागि अहिले बाटो विस्तारको काम भइरहेको छ । 

काठमाडौँ उपत्यकाको १८ वटा स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्दछ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ, जसमा सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर लगिने गरिएको छ ।

हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुईसय गाडी फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने गरेको छ । हाल महानगरमा फोहरमैला व्यवस्थापनमा एक हजार ६ जना कर्मचारीले काम गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप