शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब मन्त्रिपरिषद् बैठकको निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गरिने

बिहीबार, २९ कात्तिक २०७५, १६ : ४९
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं–अब मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दिइने भएको छ । 

सूचना तथा सन्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता मत्रालयमा पत्रकार सम्मेलन गरि जानकारी दिने बताएका हुन् ।

 बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री बास्कोटाले निणय गरेको २४ घन्टापछि जानकारी दिने ब्यवस्था गरिएको उल्लेख गरे ।

 साथै साप्ताहिक रूपमा गरिने पत्रकार सम्मेलनमा विभिन्न विषयगत मन्त्रालयका प्रवक्ता पनि सहभागी हुने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप