बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गायत्री र खुमनको पञ्चेबाजा गीत ‘बोली मिठो’

बिहीबार, २९ कात्तिक २०७५, १९ : ०९
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत संगीत दिएकी गायिका गायत्री थापा र गायक खुमन अधिकारीको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ ।  बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको संगीत रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ ।

विवाहको माहोल श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दुर्गेस थापा र सम्पदा बाँनिया मुख्य मोडलका रुपमा देखिएका छन् । गायका खुमन र गायिका गायत्री लगायतका केही कलाकारलाई समेत भिडियोमा देख्न सकिन्छ । 

नृत्यका लागि थुप्रै कोरस कलाकार समेत प्रयोग गरिएको भिडियोमा एक केटाले विवाह समारोहमा केटी पट्याउन गरेको संघर्ष कथाको रुपमा प्रस्तुत छ । 

शिव दर्शन फिल्मस्को युट्युव मार्फत सार्वजनिक भिडियो  अहिले बजारमा आएका भन्दा केही भिन्न रहेको छ । भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ । भिडियोको निर्देशन मुनाल शिशिरले गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप