शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिसनमा खटिने प्रहरी टोलीको बिदार्इ

बिहीबार, २९ कात्तिक २०७५, १९ : १४
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिने प्रहरी अधिकृतहरुलाई आज बिदाइ गरिएको छ । 

प्रहरी प्रधान कार्यालय प्रशासन विभाग तथा मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले प्रहरी अधिकृतहरुलाई बिदाइ गरेका हुन् । 

बिदाइ समारोहमा राईले मिसनको उद्देश्यनुसार दिइएको जिम्मेवारी पूरा गरी अनुशासन र बफादारितासाथ उच्च व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिए । 

प्रहरी नायब उपरीक्षक मदन कुँवरको नेतृत्वमा मंसिर १ गते प्रहरी टोली सुडान जाँदैछ । टोलीमा प्रहरी नायब उपरीक्षक दुई, प्रहरी निरीक्षक तीन, प्रहरी नायब निरीक्षक पाँच, प्रहरी सहायक निरीक्षक एक गरी ११ प्रहरी अधिकृत छन् । 

यसैबीच प्रहरी प्रधान कार्यालयले ३३९ जना प्रहरी जवानलाई प्रहरी हवल्दार पदमा बढुवा गरेको छ । 

बढुवा समितिको आजको बैठकको सिफारीश अनुसार बढुवा गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप