शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हलिउड र्‍यापरसँग ऐश्वर्याको तस्विर सुट, फ्यानले बनाए ट्रोल

बिहीबार, २९ कात्तिक २०७५, १९ : १९
बिहीबार, २९ कात्तिक २०७५

मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन एकपटक फेरि चर्चामा छाएकी छन् । उनी अहिले नयाँ तस्बिर सुटका कारण चर्चामा छाएकी हुन् ।

उनले नयाँ तस्विर भोग म्यागजिनको इन्डियन संस्करणका लागि गराएकी हुन् । जुन म्यागजिन अप्रिल अंक हो ।  जसको कभर पेजका लागि उनले फोटो सुट गराएकी हुन् । फोटो सुटमा उनी हलिउड र्‍यापर फेरेल विलियम्ससँग देखिएकी छन् ।

ऐश्वर्या र फेरेलको सोसल मिडियामा आएको तस्विरलाई धेरैले चर्चाको विषय बनाएका छन् । कभर पेजमा ऐश्वर्या निलो रंगको गाउनमा प्रस्तुत भएकी छन् । उनी निकै सुन्दर देखिएकी छन् । फेरेल पनि कलर फुल अन्दाजमा प्रस्तुत भएका छन् । तस्विरलाई ऐश्वर्याका फ्यानले अलग–अलग प्रकारले प्रतिक्रिया दिइरहेका छन् । सामाजिक सञ्जालमा तस्विरको निकै चर्चा भइरहेको छ । केहीले ऐश्वर्याको आलोचना गर्दै ट्रोल समेत बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप