बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेस फाइनान्सको साधारणसभा सम्पन्न

बिहीबार, २९ कात्तिक २०७५, १९ : ५५
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं– सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तेह्रौैं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्र टण्डनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।  सभामा संचालक समितिका अध्यक्ष चन्द्र टण्डनले आ.ब. ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरेपश्चात समस्याग्रस्त अवस्थाबाट मुक्त भई साविक नाम परिवर्तनसंँगै सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको नामवाट आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरिएको जानकारी दिए ।

उनले दक्ष कर्मचारीहरुको साथमा फानान्स अघि बढिरहेको बताउँदै गाइघाट र विर्तामोडमा दुईवटा शाखा खोलेर वित्तीय कारोवार गर्दै आइरहेको व्यहोरा जानकारी गराए ।  उक्त साधारण सभावाट संस्थाले चुँक्ता पूँजी रु. ८० करोड प¥ुयाउने तथा उपयुक्त रणनीतिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

संस्थामा विभिन्न ९ किसिमका बचत खाताको साथै मुद्दती खाताहरुमा उच्चतम व्याज दिइने व्यवस्था रहेको जनाइएको छ भने संस्थागतग्राहकले कल तथा करेन्ट खाताखोल्न सक्ने व्यवस्था समेत मिलाएको छ । संस्थाले कर्जा तर्फ व्यवसायीक कर्जा, कृषि कर्जा, घर जग्गाकर्जा, हायर पर्चेज कर्जा, वैदेशिक रोजगार कर्जा, मुद्घती रसिद धितो कर्जा, ओभरड्राफ्ट सुविधा लगायतका विभिन्न कर्जा सुविधा प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप