३३ किलो सुन तस्करी प्रकरणः अग्रवाल र सिलवाल धरौटीमा छुटे
काठमाडौं । उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका दुई जनालाई छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत मोरङको आदेश बदर गर्दै उच्च अदालतले बिहीबार भएको सुनुवाईपछि सञ्जय खेतान भनिने प्रभात अग्रवाल र मदन सिलवाललाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
तस्करीको सुनको लगानीकर्ता भनिएका अग्रवाल र सिलवाललाई उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको संयुक्त इजलासले जनही ५–५ लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालतले जनाएको छ ।
जिल्ला अदालत मोरङले गत भदौ १३ गते अग्रवाललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । जिल्लाको आदेश बदरको मागसहित अग्रवालले उच्च अदालतमा निवेदन दिएका थिए ।
त्यस्तै जिल्ला अदालत मोरङले गत असार २४ गते मदन सिलवाललाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । जिल्लाको आदेश बदरको मागसहित सिलवालले पनि उच्च अदालतमा निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै