बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिका र रणवीर विवाह मण्डपमा बस्दाको फोटो सार्वजनिक

बिहीबार, २९ कात्तिक २०७५, २१ : २७
बिहीबार, २९ कात्तिक २०७५

एजेन्सी । बलिउडका चर्चित स्टार जोडी दीपिका पादुकोण र रणवीर सिंह सोमबार  विवाह बन्धनमा बाँधिएका छन् । 

इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा भएको एक समारोहमा उनीहरुले कोंकणी परम्परा अनुसार लगनगाँठो बाँधेका हुन् । 

नवविवाहित जोडीको विवाहस्थलको तस्बिर प्रशंसकहरुले निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका बेला दीपिका आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह मण्डपको फोटो सार्वजनिक गरेकी छन् । 

यो जोडीको अन्तिम तस्वीर यी दुई इटाली प्रस्थान गर्दै गर्दाको मात्र देखिएको थियो । उक्त तस्विरमा उनीहरु दुवै जना सेतो पहिरनमा देखिएका थिए । 

त्यसयता उनीहरु विवाह मण्डपमा बसेको एउटा पनि तस्विर बाहिर आएको थिएन् । बिहीबार मात्र उनीहरुको विवाह मण्डपमा बसेको तस्बिर सार्वजनिक भएको हो । 

विवाहको बाँकी विधि अथवा विवाहस्थलको तस्विर वा जानकारी बाहिर ल्याउन यो जोडीले अत्यन्त गोप्यता अपनाएको थियो । 

विवाहमा दुलाहा दुलहीले आमन्त्रीत गरेका केही चुनिएका आफन्तजन र मित्रहरु सहभागी थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप