शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुईतिहाइ बहुमतको दुरुपयोग

शुक्रबार, ३० कात्तिक २०७५, ०६ : ५०
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

हाल राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता बोलाएर आफ्ना नातेदार शाक्यलाई राजदूतमा नियुक्त गरी प्रधानमन्त्री पदकै दुरुपयोग गर्नुभएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई राजदूतका सिफारिस गरेको जानकारी बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गर्नुभएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप