शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश अम्बानीकी छोरी विवाहपछि यस्तो घरमा बस्नेछिन्

शुक्रबार, ३० कात्तिक २०७५, ०८ : ३६
शुक्रबार, ३० कात्तिक २०७५

आनन्द पीरामल र ईशा अम्बानी विवाह पछि चार सय ५२ करोड भारु मूल्य रहेको ओल्ड गुलिटा बंगलामा बस्नेछन् । विवाह १२ डिसेम्बरमा हुँदैछ । मिडिया रिपोर्टका अनुसार आनन्दका आमा–बुवा अजय र स्वाती पिरामलले यो बंगला छोरा र बुहारीलाई उपहारस्वरुप दिएका हुन् ।

भारतीय संचार माध्यमका अनुसार वर्लीस्थित यो पाँच तल्ले बंगलाबाट समुन्द्र देखिन्छ । बंगला ५० हजार स्क्वायर फिटमा फैलिएको छ । आनन्दका बुवा अजय पीरामलले सन् २०१२ मा यसलाई हिन्दुस्तान युनिलिभरबाट खरिद गरेका थिए । यसलाई खरिद गर्ने दौडमा अनिल अम्बानी र गौतम अडानी पनि भएको बताइन्छ । अनिल अम्बानीले तीन सय ५० करोड भारु त गौतम अडानीले चार सय करोड भारुको बोली लगाएका थिए ।

यस्ता छन् विशेषताः

बंगलामा तीन बेसमेन्ट छन् । यीमध्ये दुई सर्भिस र पार्किङका लागि हो । पहिलो बेसमेन्टमा बगैंचा, वाटर पूल र बहुउद्देश्य कोठा र बेडरुम छ ।

बंगलाको विभिन्न तल्लामा बगैंचा, ड्रेसिङ रुम र कामदारको क्वार्टर पनि छ । बंगलाको निर्माणमा सुरुवातमा केही विवाद भयो तर त्यो चाँडै नै सुल्झियो । सन् २०१५ मा गुलीटा बंगलाको नविकरण तीब्र रुपमा भयो ।

गुलीटा बंगलाको इन्टेरियरमा अहिले पनि काम भइरहेको छ । डिसेम्बर एक तारिखमा पीरामल परिवारले त्यहाँ पूजाको आयोजना गर्नेछन् । डिसुेम्बर १२ पछिको विवाह पछि आनन्द र इशा उक्त बंगलामा बस्नेछन् ।

इशाका पिता मुकेश अम्बानीको बंगला एन्लियिा चार लाख स्क्वायर फिटमा फेलिएको छ । २७ तल्ले यो बंगलमामा मुकेश अम्बानीको परिवार बस्छ । बंगलाको रेखदेखका लागि ६ सय कर्मचारी छन् । लण्डनको बकिंघम प्यालेसपछि एन्टिलिया संसारको दोस्रो सबैभन्दा महँगो आवासीय सम्पत्ति हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप