बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ मधुको ‘पातै फरर...’

सोमबार, ०९ साउन २०७४, १३ : ३७
सोमबार, ०९ साउन २०७४

काठमाडौं – गायिका मधु क्षेत्रीले तिज गीत ‘पातै फरर...’ ल्याएकी छन् । गीतको भिडियोमा गायिका मधु आफैले मोडलिङ गरेकी छन् । उनलाई आश्विन मगरले अभिनयमा साथ दिएका छन् । भद्र वलीको शब्द÷सङ्गीत रहेको गीतको भिडियो  बासु बरालले छायाँकन गरेका हुन्, भने सम्पादन राजेश कुमारले गरेका छन् । 


मधुको केही महिना अघि ‘ब्युटी ब्युटी छ....’ले राम्रै चर्चा पाएको थियो । पछिल्लो समय तिज गीतमा विकृति आएको भन्दै उनले यसको मर्म र भावना अनुसार गीत बजारमा ल्याउनु पर्ने बताइन् । ‘मैले यसैलाई मध्यनजर गर्दै पातै फरर... बजारमा ल्याएकी हुँ’, उनले भनिन् । 


७ वर्षदेखि नेपाली गीत–सङ्गीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सङ्गीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोक गीतमा आएको विकृतिमा चिन्तित छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप