शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद मुनाफा ५५.०५ करोड

शुक्रबार, ३० कात्तिक २०७५, १२ : ३०
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं । एनएमबि बैंकले आ.व. ०७५/७६ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । यस त्रैमासमा बैंकले ५५.०५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको निक्षेप ८५.८३ अर्ब पुगेको छ भने कर्जा ८२.७८ अर्ब पुगेको छ ।  उपरोक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा १३.८ अर्ब तथा कर्जामा १९.३ अर्ब बृद्धि भएको छ भने यस त्रैमासमा बचत निक्षेपमा २.२४ अर्बले बृद्धि भएको छ ।

एनएमबि बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र हालसम्मकै एकमात्र बैंक भएको छ । 

उपरोक्त उपलब्धीहरुबाट बैैंकले प्रति शेयर आम्दानी २६.६४ र प्रति शेयर नेटवर्थ १९९.७५ कायम राख्न सफल भएको छ । हाल एनएमबि बैंकको ११० वटा शाखा, ४ वटा एक्सटेन्सन काउण्टर र ९७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप