बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘गुनगुन’सँग दैलो’ र ‘अनुग्रह’ भिड्दै

शुक्रबार, ३० कात्तिक २०७५, १३ : १३
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं – शुक्रबारबाट एकसाथ तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका ती फिल्म हुन् ‘दैलो’, ‘गुनगुन’ र ‘अनुग्रह’ । तीनै फिल्मले एक अर्काेसँग व्यावसायिक प्रतिस्पर्धाका लागि देशभर उत्रिएका छन् । 

‘गुनगुन’
त्रिकोणात्मक प्रेमकथामा बनेको ‘गुनगुन’ फिल्म तीन दशकदेखि अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशनमा तयार भएको हो । प्रचारप्रसार सहित प्रदर्शनमा आएको यो फिल्ममा सञ्चिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, पुकार भट्टराई, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय छ । हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन फिल्ममा रहेको छ ।

‘दैलो’
सामाजिक कथामा निर्मित फिल्म ‘दैलो’ लाई सुरेश उप्रेतीले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेती यसका निर्माता हुन् । बिना प्रचार प्रसार चलचित्र प्रदर्शनमा आएका हुन् ।

‘अनुग्रह’
कुमार केसीको निर्देशन रहेको फिल्म ‘अनुग्रह’ मा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना राई, दीपशिखा सिलवाललगायतको अभिनय छ । परिवार भित्रको कथालाई उठाएको फिल्म सन्तोष खवासले फिल्म निर्माण गरेका हुन् । यो चलचित्र पनि बिना प्रचार प्रसार प्रदर्शनमा आएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप