शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० अर्बपती जो आफ्नो करियरको सुरुवातमा यस्ता देखिन्थे

शुक्रबार, ३० कात्तिक २०७५, १३ : १७
शुक्रबार, ३० कात्तिक २०७५

आजकाल तपाईं धनाढ्यको सूचीमा पर्न तपाईंको आमाबुवासँग अथाह सम्पत्ति हुनपर्छ भन्ने छैन । आज एक प्रतिभाशाली विद्यार्थी आफ्नो स्टार्टअप लञ्च गरेको भोलिपल्टदेखि नै धनी हुनसक्छ अथवा एक सामान्य व्यवसायीको जीवनबारे रियालिटी शोमा चर्चा चलेपछि भाग्योदय हुनसक्छ । धनी हुनुअघि र धनी भइसकेपछि मानिसहलाई हेर्ने दृष्टिकोणमा पक्कै पनि भिन्न हुन्छ नै ।

ब्राइट साइडले अहिलेका चर्चित धनाढ्यका निकै पहिलेका फोटो भेटेको छ ।

एलन मस्कः

एलन मस्क ९ वर्ष हुँदा प्रोग्रामिङबारे थाहा थियो र २८ वर्षको हुँदा उनले आफ्नो पहिलो स्टार्टअप बेचे जुन तीन सय सात डलरको थियो । ३० वर्षको हुँदा उनले पेपाल स्थापना गरे र ३२ वर्षमा टेस्ला मोटर्सको सुरुवात गरे । त्यसको एक वर्षअघि उनले भविष्यमा मंगलग्रहमा उपनिवेश स्थापनाका लागि स्पेस एक्स सेटअप गरेको घोषणा गरे । अहिले उनी ४७ वर्ष पुगिसकेका छन् । उनी एक सफल इन्जिनियर, व्यवसायी र करोडपती हुन् ।

बिल गेट्सः

युवा बिल गेट्स विद्यालय जीवनमा त्यति सफल रहेनन् । कलेजमा हुँदा उनी कक्षामा जाँदैनथे र दोस्रो वर्षमा उनलाई कलेजले निष्कासन गर्यो । तर उनलाई प्रोग्रामिङ मनपर्दथ्यो । वास्तवमा उनलाई यो यति मनपर्दथ्यो कि २१ वर्षको उमेरमा साथी पल एलनसँग मिलेर उनले आफ्नै कम्पनीको सुरुवात गरे जसको नाम राखे माइक्रोसफ्ट ।

सन् २०१८ मा फोर्ब्स अनुसार उनी संसारको प्रभावशाली व्यक्तिको सूचीको सातौं स्थानमा पर्छन् । उनी अघि भ्लादिमिर पुटिन, डोनल्ड ट्रम्प र द पोप छन् ।

क्रिस जेनरः

उनको जतिसुकै आलोचना भएपनि उनले आफ्नो करियर आफैंले स्थापित गरेको कुरालाई नकार्न सकिन्नँ । इन्जिनियर र गृहिणीकी छोरी उनले विमान परिचारिकाको रुपमा काम गरिन् । तर उनी सधैं एक व्यवस्थित व्यक्ति रहिन् । चर्चित वकिल रोबर्ट कार्दासियनसँग विवाहपश्चात् उनको यही गुणले उनलाई आफ्नै स्टोर स्थापना गर्न सहयोग गर्यो । उनले आफ्नो पैसाको सहि सदुपयोग मात्र गरिनन्, प्रोमोसनमा काम पनि गरिन् । उनका सात सन्तान छन् जो आ–आफ्नो क्षेत्रमा स्थापित भइसकेका छन् ।

ल्यारी पेज र सर्गे ब्रिनः

सन् १९९५ मा फोटोमा देखिएका यी दुई व्यक्तिको स्ट्यानफोर्ड युनिभर्सिटीको एक टुरमा भेट भयो । उनीहरुले कुराकानी सुरु गरे, कम्प्युटरका प्रविधीमाथि छलफल गरे र साथी भए । केही समयपछि यी दुईले रिसर्च प्रोजेक्टमा काम गर्ने सोच बनाए । अहिले उनीहरुको कम्पनी अहिलेको सबैभन्दा शक्तिशाली कम्पनीको रुपमा उदय भएको छ, गुगल इंक ।

मार्क जुकरबर्गः

हार्वर्ड युनिभर्सिटीको साइकोलोजी डिपार्टमेन्टका १९ वर्षे छात्रले फेसबुकको निर्माण गरेका हुन् । उनी इतिहासकै कान्छा अर्बवती हुन् र फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीको १३ औं स्थानमा पर्छन् ।

टिम कुकः

अलाबामा युनिभर्सिटीका एक विद्यार्थीले निकै ठूलो कम्प्युटर कम्पनी आइबीएममा जागिर पाए । त्यसपछि उनले इन्टेलिजेन्ट इलेक्ट्रोनिक्स, कम्प्याक र एप्पलमा व्यवस्थापन फाँटमा काम गरे । उनले एप्पल कम्पनीमा सन् १९९८ देखि काम गर्न सुरु गरे र स्टिभ जब्सको दाहिने हात भए । उनको मृत्यु पछि कम्पनीको सिइओको पद टिम कुकले नै वहन गरे ।

रिचार्ड ब्रान्सनः

रिचर्ड ब्रान्सन जहिले पनि आलोचित हुन रुचाए । उनले विद्यालयको पढाई सिद्धाएको दिन उनका प्रधानाध्यापकले उनलाई उनी कि त जेल जाने कि करोडपती हुने बताएका थिए । अहिले रिचर्ड ब्रान्सन निकै चर्चित व्यक्ति हुन् । उनी भर्जिन ग्रुपका सह–संस्थापक हुनुका साथै अर्बपतीसमेत हुन् ।

सुसन वुजुस्कीः

आइटीमा आफ्नो करियर स्थापित गर्ने महिलाको उदाहरण दिँदा सुसन वुजुस्कीको नाम शीर्ष स्थानमा आउँछ । उनी गुगलकी पहिलो मार्केटिङ म्यानेजर हुन् । उनले गुगललाई युट्युब किन्न सल्लाह दिएकी हुन् । उनी सन् २०१४ देखि यसकी सिइओ हुन् ।

स्टिभ वुज्नियाकः

स्टिभ जब्ससँग मिलेर संसारको पहिलो एप्पल कम्प्युटर बनाउने व्यक्ति स्टिभ वुज्नियाक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप