शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फस्ट लुकमा यस्तो देखियो रामबाबुको ‘साइँली’

शुक्रबार, ३० कात्तिक २०७५, १३ : २०
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं – वैदेशिक रोजगारीको कथामा निर्माण भएको फिल्म ‘साइँली’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फस्ट लुकको रुपमा फिल्मको पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति १५ चैतलाई घोषणा गरेको छ । 

फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्र गायक हेमन्त रानाको गीत ‘सुन साइँली’को चर्चा पछि गुरुङले ‘साइँली’ बनाएका हुन् ।  फिल्ममा ‘सुन साइँली’ म्युजिक भिडियोका जोडी मेनुका प्रधान र गौरव पहाडीनै प्रस्तुत भएका छन् । फिल्ममा अभिनेता दयाहाङ राईको पनि मुख्य भूमिका रहे पनि निर्माण युनिटले पोष्टरमा समेटेको छैन । 

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।  निर्देशक गुरुङको कथा रहेको फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्माता हुन् । विजय अवाले, विकास पुजास र सुवेक्षा केसी सहनिर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोख्रेल हुन् ।

फिल्ममा कालिप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डी.कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप