शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रबार, ३० कात्तिक २०७५, १४ : ०७
शुक्रबार, ३० कात्तिक २०७५

दमक– दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

दुर्घटनामा परेर गम्भीर भएका दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको अदुवा बोकेको मे१त ८०२५ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । राति १२ बजेतिर भएको दुर्घटनाबाट मालवाहक ट्र्याक्टर सडकदेखि १५० फिट तल खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप