शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्याबिनेट विस्तारका विषयमा देउवा–पौडेलबीच वार्ता

सोमबार, ०९ साउन २०७४, १३ : ५१
सोमबार, ०९ साउन २०७४

काठमाडौ –नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सो दलका नेता रामचन्द्र पौडेलबीच वार्ता भएको छ ।
सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्नुअघि दुई नेताको बीचमा छुट्टै छलफल भएको हो ।  दुई नेताको बीचमा मन्त्रीपरिषद्को विस्तारमा छलफल भएको कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले छलफलमा  पौडेलसँग मन्त्रीमण्डलमा क–कसलाई पठाउने भनि नाम माग गरेका थिए । 
त्यसपछि नेता पौडेलले कुन कुन मन्त्रालय दिने हो त्यो टुगों लागेपछि मात्र नाम तय हुने जवाफ दिएको स्रोतले जनाएको छ । पौडेलले आफू पक्षले पाउने चारवटा मन्त्रालयमध्ये भौतिक योजना र  सूचना तथा सञ्चार मन्त्रालय माग गरेको छन् । तर देउवा यी दुबै  मन्त्रालय दिने पक्षमा नदेखिएको बताइएको छ ।
यद्यपी केन्द्रीय समितिको बैठक सकिएपछि पुनः दुईजना बीच छलफल गरि मन्त्रीपरिषदको विस्तार हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप