शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवालाई उनकै पार्टीका महिलाको आयो यस्तो चेतावनी

सोमबार, ०९ साउन २०७४, १३ : ५४
सोमबार, ०९ साउन २०७४

काठमाडौं– मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरेर संघले सरकारमा महिलाहरु ३३ प्रतिशत सुरक्षित नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
कार्यक्रममा बोल्दै महिला संघकी अध्यक्ष उमा रेग्मीले संविधानमै महिलाको प्रतिनिधित्व उल्लेख भइसके पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिलेका शेरबहादुर देउव नेतृत्वको मन्त्रिपरिषदमा महिलाको उल्लेख्य प्रतिनिधित्व हुन नसकेको बताइन् । उनले महिला आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै महिलाका लागि संविधानले तोकेअनुसारको अधिकार पाउनुपर्ने भन्दै २५ फुलमन्त्रीमध्ये एकतिहाई मन्त्री महिला नभए सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिइन् । 
त्यस्तै संघकी कोषाध्यक्ष जानकारी सिंहले पनि मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाहरुको सुनिश्चितता हुनुपर्नेमा जोड दिईन । आफूहरुको खबरदारी वास्ता नगरिए कडा आन्दालेन गर्नेे चेतावनीलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माँग पूरा गर्ने वचन दिएको उनले जानकारी दिईन् । यद्धपी उनले प्रधानमन्त्रीको उक्त आश्वासनबाट आफुहरु अझै विश्वस्त नभएको कोषाध्यक्ष सिंहले बताईन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप