शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली र चिनियाँ महिला उद्यामीबीच छलफल

शुक्रबार, ३० कात्तिक २०७५, १७ : ०८
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं– नेपाली महिला उद्यमीहरुले चिनियाँ महिलाहरुको व्यापारिक संस्थासँग अन्तरक्रिया गरेका छन् । नेपाली महिला उद्यमीहरुले उत्तरी छिमेकी चीनसँग नेपालको व्यापार घाटा कम गर्ने उयापबारे छलफल गरेका हुन् । 

नेपाल महिला च्याम्बर अफ कमर्स र चिनियाँ महिलाहरुको एक व्यापारिक संस्थाबीच राजधानीमा आयोजित अन्तरक्रियामा नेपाली महिला उद्यमीले राजनीतिक अस्थिरता अन्त्य भएसँगै लगानीको वातावरण बनेकाले नेपालमा लगानी ल्याउन चिनियाँ उद्यमीलाई आग्रह गरे । कार्यक्रममा नेपाल वुमन च्याम्बरकी अध्यक्ष डा.अञ्जान शाक्यले नेपाली महिला व्यवसायीको क्षमता अभिवृद्धिका साथै महिला उद्यमशीलता बढाउन चिनियाँ महिला उद्यमीसँग सहकार्य गर्न चाहेको बताइन् । 

जवाफमा चिनियाँ महिला उद्यमीहरुको संस्था मुलान पावर फाउण्डेशनकी प्रतिनिधि ली होंग मेले उद्यमशीलता क्षेत्रमा नेपाली महिलाहरुको सहभागिता र उत्साह देखेर खुसी भएको बताइन् । उनले दुई मुलुकका महिला उद्यमीबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन् ।

उनले नेपाली महिला उद्यमीलाई प्रबद्र्धन गर्न आफूले चिनियाँ सरकारका सम्बद्ध निकायसँग समन्यव गर्ने पनि बताइन् । नेपालको कृषि क्षेत्रमा महिला सहभागिता राम्रो रहेको चर्चा गर्दै उनले कृषिक्षेत्रबाट महिला उद्यमीले प्रसस्त लाभ उठाउन सक्ने सम्भावना औंल्याइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप