बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा पक्राउ परेका नेविसंघका नेता साधरण तारिकमा रिहा

शुक्रबार, ३० कात्तिक २०७५, १७ : २५
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं— काभ्रेको तपेश्वर उच्च माविका ईकाई अध्यक्ष कृष्ण ढकाल साधरणख तारिकमा रिहा भएका छन् । 

ढकाललाई काठमाडौं जिल्ला अदालतले शुक्रबार रिहा गरेको संघका केन्द्रीय सदस्य सुशील भट्टले रातोपाटीलाई जानकारी दिए । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा व्यङग्य गरिएको कार्टुन फेसबुकमा सेयर गरेको अभियोगमा कार्तिक १९ गते काभ्रे प्रहरीले पक्राउ गरेको थियो ।

 नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टका अनुसार ढकालले फेसबुकमा सेयर गरेको उक्त कार्टुन ढकालले बनाएको नभई अरु कसैले बनाएका थियो । उनलाई  विना स्वार्थ रिहाको माग गर्दै नेविसंघले दबाब दिँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप