बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली पश्मिनामा सक्कली लेबल लगाएर बिक्री गरेको भन्दै संघको आपत्ति

शुक्रबार, ३० कात्तिक २०७५, १७ : ३१
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं– अन्र्तराष्ट्रिय स्तरमा नक्कली पश्मिनामा सक्कली पश्मिनाको लेवल लगाएर बेचेको भन्दै नेपाल पस्मिना उद्योग संघले आपत्ति जनाएको छ । संघले विहिबार पत्रकार सम्मेलन गरेर अन्र्तराष्ट्रिय जगतमा केही व्यवसायीहरुले नेपाली पस्मिनाको छवि धुमिल्याएको भन्दै असन्तुष्टि जनाएको हो ।

पस्मिना भन्दै पोलिष्टर र भिस्कोर्षमा पनि सक्कली पस्मिनाको लेबल लगाएर बेचेको संघको आरोप छ । देशकै निर्यातजन्य वस्तु मध्येको एक वस्तुको रुपमा रहेको पस्मिनाबाट केही व्यवसायीले अल्पकालीन रुपमा फाइदा लिएर दीर्घकालिन रुपमा देशको छवि विगारेको संघले  भनेको छ । साथै  नक्कली पस्मिानाको व्यापार गर्नेलाई सरकारले जुनसुकै बेला कारबाही गर्न सक्ने  भन्दै संघले पस्मिना व्यवसायीलाई पुस १७ गतेसम्म आफ्ना उत्पादनमा लेवल लगाउन भनेको छ । 

संघले यसका लागि जागरुक अभियानलाई तिब्रता दिएको छ । शंका लागेको पस्मिानलाई नेपाल गुणस्तर तथा नापतौल विभागको  प्रयोगशालामा  परीक्षण गर्ने र दोषी देखिए कारबाही समेत हुने चेतावनी संघले दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप