शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकले १० प्रतिशत बोनस शेयर दिने, असोजसम्मको नाफा ७५ करोड ५३ लाख

शुक्रबार, ३० कात्तिक २०७५, १८ : २०
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं । एनआईसी एशिया बैंकले प्रति शेयर १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको ३७७ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७५–७६ को लागि प्रति शेयर १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैठकले कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

बैंकले गत आर्थिक बर्ष वार्षिक विन्दूगत आधारमा कर्जा तथा लगानी ४८ अर्बले बढाएर १२० अर्ब तथा निक्षेप ६४ अर्बले बढाएर १५२ अर्ब पुर्याएको थियो । बैंकले असोजसम्म ७५ करोड ५३ लाख नाफा गरेको छ । बैंकको प्रति शेयर आम्दानी ३६.७८ रुपैयाँ छ । ०७५र०७६ को पहिलो त्रैमाससम्ममा कर्जा बढाएर १३९ अर्ब तथा कूल निक्षेप १६३ अर्ब पुर्याएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप