शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशद्वारा रोहिंग्या शरणार्थीहरुको देश फिर्ती कार्यक्रम रद्व

शुक्रबार, ३० कात्तिक २०७५, १८ : ३५
शुक्रबार, ३० कात्तिक २०७५

एपी– बिहिबार रोहिंग्या मुसलमानहरुलाई म्यानमार फर्काउने योजना बंग्लादेश सरकारको योजना रद्व भयो । बंगलादेशी अधिकारीहरुका अनुसार देश फर्किन चाहने एकजना पनि शरणार्थी नपाएपछि यो कार्यक्रम त्यागिएको हो । 

म्यानमारमाथि आफ्ना लाखौं नागरिकहरुलाई जातीय सफाया गर्ने क्रममा देशबाट लखेटेको आरोप लागेको छ ।   ‘शरणार्थीहरु फिर्ता जान इच्छुक छैनन्,’ शरणार्थी कमिश्नर अबुल कलामले एपीलाई भने । उनका अनुसार आफूहरुले शरणार्थीहरुलाई देश फर्कन बाध्य बनाउन नसक्ने तर मनाउने प्रयास जारी राख्ने बताए । 

सरकारको घर फिर्ती सूचिमा रहेका केही मानिसहरु समेत म्यानमार फर्काइने डरमा फरक शरणार्थी क्याम्पमा गएर लुकेका थिए भने बाँकी कयौं यो योजनाको विरोधमा भइरहेको एक ठूलो ¥यालीमा सहभागी भए । 
सेना र बौद्ध भिजिलान्तेहरुबाट भएको हत्या र गाँउको ध्वङबाट बच्नको लागि सन् २०१७ अगष्टदेखि ७,००,००० रोहिंग्या मुसलमानहरुले म्यानमार छाडिसकेका छन् । यो घटनाको लागि म्यानमारको विश्वभर आलोचना भइरहेको छ ।  

संयुक्त राष्ट्रले बिहिबारको बंग्लादेशी सरकारको कदमको स्वागत गरेको छ । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीले देश फिर्ती कार्यक्रमको लागि सहजीकरणको भूमिका खेलेको भए पनि यो कार्य स्वेच्छिक हुनुपर्ने बताएको छ । 

बंग्लादेशका परराष्ट्रमन्त्री ए.एच.महमूद अलिले ढाकामा रिपोर्टरहरुसँग बोल्दै शरणार्थीहरुलाई बलजफ्ती घर फर्काउने आफूहरुको कुनै योजना नभएको बताए । ‘हामीले उनीहरुलाई शरण दिएका छौं भने हामी किन जबर्जस्ती गर्छौं र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप