शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संक्रमणकालीन न्यायको उचित व्यवस्थापन नगरे मुलुकमा पुनः द्वन्द्व : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

शुक्रबार, ३० कात्तिक २०७५, १८ : ४६
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन् । 

पूर्व प्रधानन्यायाधिश श्रेष्ठले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन नगरे मुलुकमा पुनः द्वन्द्व जन्मन सक्नेतर्फ पनि सरकारलाई सचेत गराए । शुक्रबार काठमाडौंमा आयोजित ‘दीगो शान्तिका लागि न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दिगो शान्ति कायम गर्नका लागि द्वन्द्वका कारणको पहिचान गरी समाधानका लागि नेपालले धेरै काम गर्न बाँकि रहेको पनि स्मरण गराए । 

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्यायका लागि द्वन्द्वरत पक्षबीच पुनर्मिलनको विभिन्न अवसर राज्यले उपलब्ध गराउनुपर्ने पनि स्पष्ट पारे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप