लैंगिक समानताका लागि यति एयलाईन्स, राष्ट्रसंघको महिला टोलीको आतिथ्यता महिला कर्मचारीबाटै
काठमाडौं । लैंगिक समानतालाई महत्व दिँदै आएको यति एयरलाईन्सका महिला कर्मचारीले संयुक्त राष्ट्रसंघको विशेष महिला टोलीलाई सेवा प्रदान गरेको छ ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपाध्यक्ष अमिना जेन मोहम्मद, संयुक्त राष्ट्रसंघ रेसिडेन्ट को–अर्डिनेटर तथा यूएनडीपीकी नेपाल प्रतिनिधि भेलरी जुलीयन र संघका अन्य कर्मचारीलाई यतिका महिला कर्मचारीले नै सेवा दिएका छन् ।
महिलाहरु विभिन्न पेशा, व्यापार लगायत नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन भन्दै महिलालाई प्रोत्साहन दिँदै आएको यतीले संयुक्त राष्ट्रसंघको महिला टोलीलाई आफ्नो सेवामा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरेको छ ।
साथै एयरलाईन्सले लैंगिक समानताका लागि संयुक्त राष्ट्रसंघको विकास लक्ष हासील गर्ने बाटोमा आफू प्रतिबद्ध रहेको जनाएको छ । साथै उडानमा लैंगिक समानता प्राप्त गर्नुहोस र महिला तथा केटीहरुलाई सशक्त पार्नुहोस् भनी आफ्नो भनाई सावैजनिक पनि गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान