बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकको सल्लाहमा उपचार गर्न बैंकक गएको हुँ : मुख्यमन्त्री राई  (विज्ञप्तिसहित)

शुक्रबार, ३० कात्तिक २०७५, १९ : २९
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफु चिकित्सकहरुको सल्लाहमा उपचारका लागि बैंकक हुँदै अमेरिका गएको बताएका छन् । स्वदेशमा उपचार गर्न छाडेर विदेश गएको भन्दै आलोचना खेपिरहेका मुख्यमन्त्री राईले स्वदेश फर्किएलगत्तै शुक्रबार एक विज्ञप्ति जारी गरि सो कुराको जानकारी दिएका हुन् ।

मुख्यमन्त्री राईले सामाजिक सञ्जाल र सञ्चारमाध्यामहरुमा  हल्ला भएजस्तो नभई पूर्वनिर्धारित कार्यक्रम अनुसारनै बैंककमा चिकित्सकले आफ्नो उपचारको रिपोर्ट दिन केही ढिला गरेको र सो समयमा  अमेरिका गएको समेत स्पष्ट पारेका छन् । उनले आफ्नो घाँटीको पछाडिको भागमा  दुई वर्षदेखि समस्या झेल्दै आएको र नेपालका सरकारी र निजी अस्पतालमा उपचार गराउँदा खास रोगको पहिचान गर्न नसकेपछि बैंककमा उपचार गर्न गएको दाबी गरेका छन् ।

उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने आम सर्वसाधारणलाई धन्यवाद समेत दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप