शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘चर्चित’बन्ने नाममा बम राख्दै हिँडेका ओली सार्वजनिक

शुक्रबार, ३० कात्तिक २०७५, २० : २१
शुक्रबार, ३० कात्तिक २०७५

राँझा । नेपालगञ्जको व्यस्त पुष्पलालचोकमा बिहीबार बम राख्ने जाजरकोटका प्रदीप ओलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले आज सार्वजनिक गरेको छ । 

आतङ्क सिर्जना गर्ने उद्देश्यले बम राखेको ओलीले प्रहरीलाई बयान दिएका छन् । जाजरकोट नालगाड नगरपालिका–४ निवासी ओलीको अरु कुनै सङ्गठनसँग आबद्धता नदेखिएको बाँके प्रहरीले जानकारी दिएको छ । 

ओलीका साथबाट रु ४१ हजार ५१० नेपाली, ३०० भारतीय रुपैयाँ, विभिन्न नम्बरका सिमकार्ड, हामी नेपाली हाम्रो नेपाल लेखेका २६ र कमाण्डो गु्रप लेखेको २१ थान ब्यानर बरामद भएको प्रहरीले जनाएको छ । 

भारतको सिमलास्थित रुरुमा काम गर्ने प्लस–२ पास गरेका २७ वर्षीय ओली ‘चर्चित’ बन्ने नाममा काम छाडेर ‘हामी नेपाली हाम्रो नेपाल’ नामक सङ्गठनको अध्यक्ष भन्दै हिँडेका थिए । 

बम राखेपछि ओली ‘सिसी क्यामेरा’मा आफू देखिएकाले बाहिर जाँदा पक्राउ पर्ने डरले घटनास्थल आसपासमै बसेका थिए । 

प्रहरीले सिसी क्यामेरामा देखिएको हुलियालाई पछ्याउँदै जाँदा बिहीबार नै ओलीलाई पक्राउ गरेको थियो । उनलाई विष्फोटक पदार्थअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप