शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डको प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनलमा नेपालका तीन प्रतियोगी

सोमबार, ०९ साउन २०७४, १३ : ५९
सोमबार, ०९ साउन २०७४



काठमाडौं – थाइल्याण्डको चियाङमईमा २६ देखि ३१ जुलाईसम्म आयोजना हुने ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७’ लागि नेपालबाट अन्जशा रिजाल, अंकित तिवारी र योजना घलेले प्रतिनिधित्व गर्ने भएका छन् ।
 
इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित ‘प्रिन्स एन्ड प्रिन्सेस नेपाल–२०१७’की बिजेता अन्जशाले  ‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल–२०१७’ विधाका लागि प्रतिनिधित्व गर्दैछन् । यो प्रतियोगितामा विभिन्न २५ देशका प्रतियोगी सहभागी हुनेछन् । 

यस्तै ग्रुप अफ इभेन्ट्सबाट अंकित र योजना क्रमशः ‘मिष्टर इन्टरनेसनल टिन प्रिन्स–२०१७’ र ‘मिस इन्टरनेसल टिन प्रिन्सेस्–२०१७’ विधामा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् । धिरज तण्डुकार, अनुप सक्सेना सहित यी तीनजना सो प्रतियोगितामा सहभागी हुन १० साउनमा  बैंकक उड्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप