बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक कार्यक्रममा जान प्रधानमन्त्रीलाई रोक

शनिबार, ०१ मङ्सिर २०७५, ०६ : ४२
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । 

प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकोले प्रधानमन्त्रीनिवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटलमा उद्घाटनको केही समयअघिसम्म ‘अर्लट’ थियो । 

तर, निजि चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाव दिएपछि एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीमा रहेका प्रधानमन्त्री ओली अन्तिमतिर सरकारीनिवास बालुवाटारमै रोकिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप